दफा २७८
सुरक्षात्मक उपाय अपनाउनु पर्ने

कुनै व्यक्तिले आफ्नो घर वा जग्गामा कुनै काम गर्दा सँधियारको घर वा जग्गा वा सँधियारलाई कुनै किसिमले हानि, नोक्सानी नहुने वा असर नपर्ने गरी सुरक्षात्मक उपाय अपनाउनु पर्नेछ । तर कुनै सँधियारले व्यावसायिक कारोबार गरेकोमा बाहेक आफ्नो घर वा जग्गाको उपभोग र प्रयोग गर्दा आएको वा निस्केको सामान्य प्रकृतिको ग्यांँस, गन्ध, धुवाँ वा आवाज जस्ता कुराले घर वा जग्गालाई हानि, नोक्सानी पारेको वा असर पारेको मानिने छैन ।